कलंकीमा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु

maitrinews

 

काठमाडौँ । कलंकीमा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।

बुधबार राति पौने १ बजे कलंकीको अन्डरपासमा नम्बर नखुलेको टिपरले ठक्कर दिँदा दुई युवाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ।

टिपरको ठक्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको परिसर प्रमुख सई जंगबहादुर आले मगरले जानकारी दिनुभयो ।

चौधरीद्वय प्रदेश २(०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार थिए।

‘टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । , ‘ठक्कर दिने टिपरको नम्बर खुलेको छैन।