डिस होममा डिलर दाइको डिस्काउन्ट

maitrinews

काठमाडौँ । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोममा डिलर दाइको डिस्काउन्ट नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत एड—ओन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नु हुनेछ । विक्ली लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गतेदेखि बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । विक्ली लक्की ड्र फागुन २ गतेबाट डिशहोमको सोकेस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ । फन्ड ट्रन्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको सीएएस आईडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।