पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या

maitrinews

 

काठमाडौँ । आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको छ । ललितपुर उपमहानगरपालिका—२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भिर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो।
यस्तै कार्कीको घरमा काम गर्ने दाङ स्थयी घर भएका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ। ुउनको टाउकोमा गहिरो चोट थियो। हाम्रा चिकित्सकहरु ४५ मिनेटसम्म सीपीआर दिएर रिभाइभ गर्ने कोशिस गर्‍यौं। तर त्यो सफल हुन सकेन,ु अस्पताल प्रशासन स्रोतले भने।

बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो। ुप्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टारअस्पताल लगिएको हो, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रासद राईले भने, उहाँको अवस्था निकै गम्भिर थियो। यस्तै कामदारको भने मृत्यु भइसकेको अवस्था थियो।