प्रधानमन्त्री ओली र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमदबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओली र सेना प्रमुख अजिज बीच दुई देशको सुरक्षाबारे छलफल भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आउनुभएको हो ।