फास्ट ट्रयाक चाहिंदैन भन्दै बुंगमतीवासीद्वारा प्रदर्शन

maitrinews

 

काठमाडौँ । प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना, बुंगमतीवासीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
जनसरोकार समिति खोकना, खोकना,बुंगमतीवासी पीडित जनताको आहृवानमा प्रदर्शन गरिएको हो । उनीहरुले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकनारबुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको आरोप लगाएका छन् ।
उक्त क्षेत्रमा आयोजनाहरु सञ्चालन गर्दा स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न सरकारसँग माग गरिएको छ ।