काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले कुनै पनि नराम्रो काम नगरेको दाबी गर्नुभएको छ ।
सिंहदरबारमा बिहीबार आयोजित नियमति पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै
उहाँले भन्नुभयो,सरकारले कुनै पनि नराम्रो काम गरेको छैन । सरकारले राम्रा राम्रा काम मात्रै गरेको छ । नराम्रो देख्न आँखा नराम्रा हुन् । नराम्रो लेख्ने कलमका विषयमा पनि मैले बेलाबेला प्रश्न गर्ने गरेका छौं ।
सरकारले राम्रा काम के गर्यो भन्ने प्रश्नको जवाफमा उहाँले जनताको भ्रष्टाचारसम्बन्धी सूचांकमा पनि सुधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, डुइङ बिजनेसमा हामी १६ स्थान माथि उक्लेका छौं । लगानीको वातावरण बनिरहेको छ । ह्यापिनेस इन्डेक्समा राम्रो सुधार भएको छ । मुलुकमा शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको छ । हामी ग्लोबल पिस इन्डेक्समा हामी १२ स्थान उक्लेका छौं ।