प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्नुहुँदै

maitrinews

 

काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले आज संघीय संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकार फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।