राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

maitrinews

 

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।
आज विहान उनको निधन भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्याय काँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति हुनुहुन्थ्यो ।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको आफ्नै निवासमा आज विहान ५० वर्षको उमेरमा निधन भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।