कांग्रेस सांसदको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्ने भनिएको निर्धारित कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीको कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची रहेको थियो ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।