काठमाडौं । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका एक १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका एक सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो।
उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या भने देखिएको छैन । खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् ।