इजरायल र साइप्रसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धन कार्यक्रम

maitrinews

 

 

निकोसिया । इजरायल र साइप्रसमा नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रम भव्य रुपमा सम्पन्न भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष प्रबद्र्धन गर्न इजरायलको भ्रमण गर्नुभएको हो । उृहाँ इजरायलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । इजरायल तथा साइप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी इजरायली र साइप्रसबासीलाई नेपाल भ्रमण गराउन विशेष पहल गर्नुभएको छ । उहाँकै प्रयासमा इजरायल र साइप्रसमा भ्रमण वर्ष प्रबद्र्धनात्मक कार्यक्रमहरु भएका छन् ।
नेपाली दूतावासको आयोजना तथा नेपाल पर्यटन बोडको सहयोगमा साइप्रसको राजधानी निकोसियामा पनि नेपाल भ्रमण वर्ष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा साइप्रस सरकारका उच्च अधिकारीहरु, ट्राभल र एयरलाइन्सका प्रतिनिधिहरु, व्यावसायीहरु र पत्रकारहरुलगायत करिब एक सयजना साइप्रिओट र करिब एक सयजना नेपालीको सहभागिता रहेको थियो ।
राजदूत डा. अन्जान शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालको भ्रमण गरेर अविस्मरणीय अनुभव गर्न साइप्रसवासीहरुलाई आह्वान गर्नुभयो । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक नन्दिनी थापाले नेपाल भ्रमण वर्षबारे प्रस्तुति गर्नुभएको थियो ।
त्यसैगरी साइप्रसका लागि नेपाली कन्सुलर रामजीवन चतुर्वेदीले साइप्रसमा रहेका १० हजारभन्दा बढी नेपालीको अवस्थाबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । धेरै साइप्रिओटहरुले यो वर्ष नेपाल भ्रमण गर्ने बताएका छन् ।