ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु

 

ललितपुर । ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो।
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।
२ वर्षअघि मात्रै उनको विवाह भएको थियो।
रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।