बेलायतमा म्याग्नाकार्टा चोर्ने प्रयास

maitrinews

 

लण्डन । मानव अधिकार तथा कानुनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ ।
सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको छ ।
साल्सबरी क्याथर्डलमा सिसाको बलियो बाकसभित्र राखिएको म्याग्नाकार्टाको सक्कल प्रति चोर्नका लागि ती व्यक्तिले हथौडाले हानेर बाकस फोड्ने प्रयास गरेका थिए । सुरक्षा बाकस फोडेर भाग्दै गरेका ती व्यक्तिलाई त्यहाँ रहेका पर्यटकहरूले लखेट्दै समात्न सफल भए । प्रहरीले उनलाई पक्राउ गरी साल्बसरी क्राउन अदालतमा पेस ग¥यो । अदालतले चोरी उद्योग तथा सुरक्षा बाकसमा क्षति पु¥याउने आपराधिक क्रियाकलाप गरेको अभियोगमा ती व्यक्तिमाथि १४ हजार ४६६ पाउण्ड जरिवानाको फैसला गरेको छ ।