छुरी देखाएर छोरी बलात्कारी गर्ने नरपिचास बाबुलाई ३७ वर्ष कैद

maitrinews

 

हेटौंडा । र छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । २०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेका थिए । त्यसपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ गएकी थिइन् । उनले उक्त घटना आफन्तलाई भनेपछि चैत ११ गते बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गइन् । घरमा सानीआमा थिइन् । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा छन् ।