इजरायल र साइप्रसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धन कार्यक्रम

maitrinews

तेल अभिभ । इजरायल र साइप्रसमा नेपाल भ्रमण वर्ष प्रबद्धन गर्न विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । तेल अभिभस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको हो । इजरायलका पर्यटनमन्त्री यरिभ लेभिनको मैत्रीपूर्ण निमन्त्रणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हालै इजरायलको भ्रमण गर्नुभयो । इजरायलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री भट्टराईले इजरायली समकक्षीलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता तथा अन्तक्र्रिया गरी नेपाल भ्रमण गर्न इजरायलीहरुलाई आह्वान गर्नुभयो ।
इजरायल र साइप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा यी कार्यक्रमहरु सम्पन्न भएका हुन् । मन्त्री भट्टराईले इजरायलपछि साइप्रसको पनि भ्रमण गर्नुभयो ।