डिसहोम लक्की ड्र विजेता सम्पन्न

maitrinews

काठमाडौँ । डिशहोमले डिसहोममा डिलर दाइको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
योजना अनुसार फागुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नं. १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजयी हुनुभएका डिशहोमको सेटअप बक्सको कासिड नं. ०२५१८१०७४८ कावाशोती, नवलपरासीका सुदिप मरासिनी र ०२५१९११०६५० पोखरा कास्कीकी बिनिता गुरुङलाई प्रति व्यक्ति रु. १,००,०००÷–नगद उपहार प्रदान गरिनेछ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाइभ लक्की ड्र २०७६ साल फागुन ९ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फागुन २ गते शुक्रबार देखि ८ गते बिहिबारसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।