रेल ड्राइभर खोज्दै सरकार

maitrinews

 

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले ९ पदको लागि २६ जना कर्मचारी माग गरेको छ। जनकपुरमा रहेको केन्द्रीय कार्यालयले शुक्रबार ९ गते सेवा करारमा इन्जिनियर र रेल ड्राइभरसहितका कर्मचारी माग गरेको हो।

नेपाली नागरिकहरुले १५ दिनभित्र रेल्वे कम्पनीको सम्पर्क कार्यालय काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले सूचना जारी गरेको छ।

सिनियर सेक्सनल इन्जिनियर सिग्नलिङ पदको लागि १ जना माग गरेको छ। जसले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी रोलिङ स्टोक मर्मतसम्भारमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।