मिथिला माध्यमिकी परिक्रमा सुरु , प्रचण्डले बोक्नुभयो डोला

maitrinews

 

मिथिला । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिनसम्म सञ्चालन हुने मिथिला मध्यमिकी परिक्रमा आइतबार सुरु भएको छ।
यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको मिथिला मध्यमिकी परिक्रमाको पूर्वप्रधानन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला बोकेर परिक्रमाको उद्घाटन गर्नुभयो ।

परिक्रमा उद्घाटन गर्न प्रचण्ड आइतबार बिहानै हेलिकप्टरबाट कचुरी पुग्नुभएको थियो। प्रचण्ड ओर्लनुअघि आकाशबाटै पुष्पवृष्टि गरिएको थियो।

फागुने औंशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारतका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ गरी १ सय २० किलोमिटर भूभागको यात्रा गरिन्छ।