कीर्तिमानी टिमको विदाइ तथा सम्मान

maitrinews

 

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका) र ब्यालेन्स गु्रप आईएनसीको संयुक्त सहकार्यमा न्युयोर्कस्थित ज्वीस सेन्टर हल, ज्याक्सन हाइट्समा फेब्रुअरी २२ मा विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अमेरिकाको न्युयोर्क राज्यका डेमोक्रेटिक र रिपब्लिकन पार्टीका विशिष्ट राजनीतिज्ञहरु, मानवअधिकारवादीहरु, पत्रकारहरु, विभिन्न समुदायका सामाजिक अभियन्ताहरु, कलाकार एवम् बुद्धिजीवीहरु लगायत बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
“गोर्खाली पार्कर गोइङ्ग ग्लोबल“ का अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले आफ्नो पाँचौँ गिनेस बुक अफ बल्र्ड रेकर्डका लागि एक मिनेटमा दश पटक वर्पिस जम्प गरेर कीर्तिमान राख्न सफल हुनुभयो । उक्त कीर्तिमान गिनेस बुक अफ वल्र्ड रेकर्डले मान्यता दिन भने बाँकी नै छ । आशा छ गिनेस बुक अफ वल्र्ड रेकर्डले पार्कर खेलाडी दिनेश सुनारलाई पाचौँ प्रमाणपत्रले सम्मान गर्नेछ ।
यस टिमलाई सम्मान तथा विदाई गरिने कार्यक्रममा न्युयोर्क राज्यका सिनेटर जन ल्युका प्रतिनिधि, क्वीन्सवोरो प्रेसिडेन्ट सारोन लि की प्रतिनिधि, वरिष्ठ कानुनविद् खगेन्द्र जि सि, जि.पि. कोइराला फाउण्डेशन अमेरिकाकी सल्लाहकार उमा शाह, अन्तर्राष्ट्रिय पार्कर फेडेरेशनका सस्थांपक एवम् हलीहुड मुभिजका नायक भिक्टोर बेभिन, डेमोक्रयाट फर न्युयोर्क सिनेटका इगी टोरोनोभा, स्थानीय नागरिक संघकी अध्यक्ष नउला वोदोर्थी, न्युयोर्क राज्य ऐसेम्बली मेम्बर क्याटालिना क्रुजकी प्रतिनिधि, न्यु यार्क राज्य एसेम्बली मेम्बर माइकल डेनडेक्करका प्रतिनिधि र न्यु यार्क सिटी काउन्सिल मेम्बर पल ए भलोनका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
म्यानमारका मानवअधिकारवादी एवम् बर्मा पोइन्ट अमेरिकाका अध्यक्ष को मो चेन, भारतीय अमेरिकी कम्युनिटीका नेता एवम् मुस्लिम सेन्टर अमेरिकाका पूर्वमहासचिव सलिम सय्यद, श्रीलंका अमेरिकी समुदायका नेता एवम् तासमिनाका अध्यक्ष अर्साथ ऊदुमुम्बेले, कम्युनिटि बोर्ड ५ का मेम्बर एवम् युवा नेता ज्ञानल थापा, वरिष्ठ कलाकार अभय ढुङ्गेल, नेजसस न्युयोर्कका सचिब अनिराज पाण्डे र पाचौं पटक गिनेस बुक अफ वल्र्ड रेकर्डबाट सम्मानीत हुने व्यक्तित्व उज्ज सीङ्ग ठकुरीको पनि उपस्थिति रहेको थियो ।
जि.पि. कोइराला फाउण्डेशन अमेरिकाका तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः सुश्री दावा शेर्पा, छिरिङ्ग राप्के लामा,रामचन्द्र अधिकारी, प्रेम पौडेल, आदित्य महर्जन, सूर्य सिमखडा, मेघा बस्नेत प्रधान, ब्यालेन्स ग्रुप अफ कम्पनी प्रा. लि. नेपालका संयोजक मनोज पन्थी लगायत यस कार्यक्रमलाई यसरी सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटनु भएको थियो ।
वल्र्ड रेकर्डका लागि एक मिनेटमा दश पटक वर्पीस जम्पको उद्घाटन खगेन्द्र जि सि, ईगी टोरोनोभा, चार्ल्स वाङ, मोनिका स्वारेज र दिनेश सुनारले संयुक्तरुपमा रिवन काटेर गर्नु भएको थियो । यस खेललाई उज्वल ठकुरीले विशेष संयोजन गर्नु भएको थियो भने रयान लामघारेले यस खेलको नियम पढेर सुनाउनु भएको थियो ।
विशिष्ट अतिथिहरुले आआफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो भने उज्वल सिहं ठकुरी, दिनेश सुनार र मनोज पन्थीलाई सिनेटर जन लिउ, क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्युयोर्क राज्यका ऐसेम्बली मेम्बर द्वय क्यटलिना क्रुज र माइकल डेनडेक्कर र न्युयोर्क सिटीका काउन्सील मेम्बर पल ए भेलोन ले आ(आफ्नो कदरपत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा दिनेशलाई इगी टोरोनोभाले गिनिस बुक अफ वल्र्ड रेकर्ड (चौथो) को प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले संचालन गर्नु भएको थियो भने धन्यवाद ज्ञापन पार्कर दिनेश सुनारले गर्नुभयो ।