महोत्तरीमा शिक्षकमाथि गोली प्रहार

maitrinews

महोत्तरी । महोत्तरीमा गएराति एक शिक्षकमाथि गोली प्रहार भएको छ ।
मनरासिसवा नगरपालिका ३ का सहदेवप्रसाद यादवलाई शौच गर्न निस्केका बेला गोली हानिएको हो । छातिको तल्लो भागमा गोली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
गोली हानेको आशंकमा यादवका एक नातेदारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।