एभरेष्ट बैंकद्वारा न्यूरोड कम्प्लेक्समा सारिएको न्यूरोड शाखा उद्घाटन

maitrinews

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्दछ ।
नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री चिन्ता मनि सिवाकोटीले गर्नुभएको हो । सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् । चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
इबीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै द्यभकत ःबलबनभम ऋयmmभचअष्ब िद्यबलप, द्दण्ज्ञढ बाट सम्मानित हुनुका साथैै ऋबmभकि च्बतष्लन अन्तर्गत द्यभकत च्बतभम अयmmभचअष्ब िद्यबलप बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।