अर्थमन्त्रीमा युवराज खतिवडा पुनः नियुक्त

 

काठमाडौं । डा।युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

खतिवडाले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकिय सचिव डा।भेषराज अधिकारीले चक्रपथलाई बताउनुभयो । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।