नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ।
सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको छ। पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन। पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बिन्ध कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको हो ।

सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पुर्‍याउन भनिएको छ। सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ।