प्यालेस्टाइनमा कोरोना संक्रमणसँगै सङ्कटकाल घोषणा

maitrinews

 

गाजा क्षेत्र । सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरायल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेका छन्।

शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरायलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन् ।
यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ।

इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरायली सेनालाई आदेश दिएका छन्।
यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो।
प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि पश्मिमी किनारामा एक महिने सङ्कटकाल घोषणा गरेका छन्।