पत्रकार वीरेन्द्र साहका मुख्य हत्यारा १२ वर्षपछि पक्राउ

maitrinews

बारा । बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ।
पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो।

बारा प्रहरी प्रमुख कृष्ण पंगेनीका अनुसार फौजदारलाई बाराको बारागढी नगरपालिका वडा नम्बर ६ ९साविक गडहल गाविस ५० स्थित उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए।

‘यो हाम्रो चौथो प्रयास हो,’ एसपी पंगेनीले भने, ‘१२ वर्षपछि हामी पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकार पक्राउ गर्न सफल भएका छौं।’

उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले दुईरतीन ठाउँमा निगरानी बढाएको थियो।

‘तर फौजदार घरमै भेटिए, पक्राउ गर्न खोज्दा उनी भाग्न खोजे, स्थानीयले पनि घेरा हाले,’ एसपी पंगेनीले भने, ‘भिडभाड बढेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेर उनलाई पक्राउ गर्‍यो।’

एसपी पंगेनीका अनुसार पत्रकार साह हत्यामा संलग्न ५ जनामध्ये फौजदारसमेत गरेर ३ जना पक्राउ परे भने २ अझै फरार छन्।

‘मुख्य योजनाकारचाहिँ अहिले पक्राउ परेका कुन्दन फौजदार नै हुन्,’ एसपी पंगेनीले भने, ‘यसअघि दुई जना पक्राउ परिसकेका छन् र जन्मकैद सजायसेमत पाइसकेका छन्।’