धनुषामा विषाक्त मदिराले लियो ५ जनाको ज्यान

maitrinews

 

धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनबाट ५ जनाको मृत्यु भएको छ । क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाको मृत्यु भएको हो ।
विषाक्त मदिरा सेवनबाट बिरामी भएका जानकी मेडिकल कलेजमा उपचार गराउँदै तस्बिर स् कान्तिपुर
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएको बताए। मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको गाउँलेले बताएका छन्।
स्थानीय रामगुलाम महराका अनुसार मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको छ। मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।

मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक छ। दुवै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनालाई भेन्टिलेटरमा राखिएकोे अस्पतालले जनाएको छ।