मिर्गौला प्रत्यारोपणको १० औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट घर फिर्ता

Mohan Bastola

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार बेलुकी महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किनु भएको हो ।  १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहनु भएका उहाँ  घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढ्नु भएको थियो । 

आज डिसचार्ज हुनुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल नगर्न सुझाव दिएका छन्। बालुवाटारमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा प्रधानमन्त्रीले आवश्यक सतर्कताका साथ नियमित काम गर्न भने सक्नुहुनेछ ।