कोरोना एकीकृत कार्ययोजना बनाउन मुख्यमन्त्रीहरूसँग छलफल

maitrinews

 

काठमाडौं । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गरेको छ ।

नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो ।

नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो ।

आजकोे बैठकमा प्रदेशसँग सहकार्य गर्ने र कोरोनाको रोकथामको लागि एकीकृत योजना बनाउनेबारे छलफल भएको छ । सो बैठकमा मुख्यमन्त्रीसँगै सबै प्रदेशको सामाजिक विकासमन्त्रीको सहभागिता छ ।