सतुंगलमा १७७ बोरा मास्कसहित २ व्यापारी पक्राउ

maitrinews

 

काठमाडौं । सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो।

प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।