टिपरले आमाछोरी मारेपछि काभ्रेमा कर्फ्यु आदेश जारी

maitrinews

 

काभ्रे । सोमबार दिउँसो पनौती बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।

टिपरले ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको हिजो ज्यान गएको थियो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थिति नियन्त्रण बाहिर जाने देखेपछि कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ९ बजेदेखि लागु हुने गरी लगाइएको कर्फ्यू अर्को आदेश नआएसम्मका लागि कर्फ्यू आदेश जारी नै रहने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिनुभएको छ ।

मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरेका थिए । स्थानीयहरुले हिजो दिउँसोदेखि नै प्रदर्शन र विरोध गर्दै आएका थिए ।