उपत्यकामा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने सरकारको तयारी

maitrinews

 

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गठन गरेको क्‍वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र सार्वजनिक क्‍वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय लिएको कार्यदल संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै बैठकले राष्ट्रिय खेलकुद परिषद्‍ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला टेन्टबाट निर्माण गर्न सकिनेसहितमा क्‍वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ