न्युयोर्कमा नेपालीहरुलाई राहत सामग्री वितरण

maitrinews

 

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्विन्स ज्याक्सन हाइटमा नेपाल र नेपालीलाई माया गर्ने डाक्टरका रुपमा परिचित डा. फिर्दोस खंदेकार एम.डी.ले नेपालीहरुलाई राहत सामग्री वितरण गर्नुभएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगाउन उहाँले चेतनामूलक पर्चा पम्प्लेट नेपाली भाषामा छापी त्यहाँ रहेका नेपालीहरुलाई वितरणसमेत गर्नुभएको छ ।
डा. खंदेकारले कोरोना भाइरसको महामारीबाट कसरी बच्ने भन्ने तरिकासमेत सिकाउनु भएको छ । राहत वितरण कार्यक्रममा उहाँले नेपालीहरुलाई मुखमा लगाउने मास्क, हातमा लगाउने पञ्जा, स्यानिटाइजर, विभिन्न खानेकुराहरु वितरण गर्नुभएको थियो ।
उहाँले नेपाली समुदायलाईमात्र नभई बंगलादेशी तथा अन्य समुदायलाई पनि यसरी नै राहत सामग्री वितरण गर्नुका साथै चेतनामूलक सन्देश दिँदै आउनुभएको छ ।