चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द

maitrinews

 

काठमाडौं । सरकारले सोमबारदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो। मिगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो पहिलो मन्त्रिपरिषद्को बैठक हो।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।