नेपाल एक साता लकडाउनमा

maitrinews

 

काठमाडौं । सरकारले मंगलबार विहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो । यो सँगै मंगलबारदेखि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउनको निर्णय भएको बताउनुभयो ।

सोमबारमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए। यसअघि सरकारले अन्तराष्ट्रिय उडान बन्द गरिसकेको छ भने लामो दुरीका सवारी चलाउन रोक लगाएको थियो। खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।