काठमाडौँ महानगरवासीलाई प्रमुखको अपिल,जरुरी भए यी नम्बरमा सम्पर्क गर्नु

Mohan Bastola

काठमाडौँ महानगरवासीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपिल जारी गर्नुभएको छ । अपिलमा कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको उल्लेख छ । ‘काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति जस्ताको त्यस्तैः

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि लकडाउन हुनेगरी दिएको निर्देशन स्वागतयोग्य छ ।

कोरोना भाइरसको महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण महानगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु । आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै छ । यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको सहज उपलब्धतासँगै कालो बजारीलाई नियन्त्रण गर्न उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा गठित अनुगमन तथा सुपरीवक्षेण समितिलाई तिव्र पारिएको छ । लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी अवगत गराउन चाहन्छु ।
प्रमुख÷उपप्रमुखहरू ः
विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली– निमित्त प्रमुख प्रशासकीय अधिकृत–९८५१२१०७४२

वडा अध्यक्षहरू ः
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू ः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८

विद्यासुन्दर शाक्य
प्रमुख,
काठमाडौं महानगरपालिका