चैत २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

maitrinews

 

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं अर्थमन्त्री डा।युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । यसअघि सरकारले चैत ११ देखि १८ सम्म लकडाउन घोषणा गरेको थियो ।