सरकारले भन्यो , चीनबाट ल्याइएका सबै परीक्षण मेसिन ठीक

maitrinews

 

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएका सबै कोरोना नमूना परीक्षण पीसीआर मेसिन दुरुस्त भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आइतबार चीनबाट ल्याइएका ५ मेसिनको जाँच गरिसकिएको र सबै ठीक हालतमा रहेको जनाएका हुन्।

उनले मेसिनको सेटिङको काम पनि सकिएको र गन्तव्यतिर पठाउने तयारी भइरहेको जनाए। चीनबाट ल्याइएका ५ मध्ये चार मेसिन सरकारले बुटवल, जनकपुर, सुर्खेत र धनगढीमा जडान गर्ने भएको छ।

चीनबाट ल्याइएको एउटा मेसिन भने काठमाडौंमा राखिएको छ।

यसअघि नै धरानमा आइतबारबाट कोरोना परीक्षण सुरु भइसकेको छ। सोमबारसम्म त्यहाँ १९ वटा परीक्षण भएको र नतिजा आउनेबित्तिकै सार्वजनिक गरिने प्रवक्ता देवकोटाले जनाए।

उनले पोखरा, दाङ, हेटौंडाबाट पनि कोरोना परीक्षण मेसिनको माग भएको भए पनि क्रमशः ती स्थानमा पूर्ति गर्दै जाने बताए।