नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गरिने

maitrinews

 

काठमाडौं । नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो ।
तर आन्तरिक उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । यस अघि बैशाख ३ गतेसम्मलाई अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएको थियो । आन्तरिक उडान वैशाख ३ सम्म स्थगित छन् । त्यसबारे थप निर्णय भएको छैन ।