स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि इजरायलसहित पाँच देशलाई पत्राचार

Mohan Bastola

काठमाडौँ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा नेपाली सेनाले स्वास्थ्य सामग्रीका लागि चीन,दक्षिण कोरिया,सिंगापुर,इजरायल र भारतलाई पत्राचार गरेको छ । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि ती पाँच वटा देशलाई पत्राचार गरेको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आवश्यक स्वास्थ्य सामग्रीका लिस्ट पठाइ सकेको छ । उताबाट जवाफ आएपछि त्यसको आधारमा खरिद प्रक्रिया सुरू हुने छ ।  स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून रहेको स्रोतले जानकारी दिएको छ ।