जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई कोभिड १९ संकटको सामना गर्न मद्दत गर्दै

काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ ।
हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महान्काल, नागरजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई १००० खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ । हामीले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरेका छौं । यस्तो चुनौतिपूर्ण समयमा उनीहरुले आवश्यक पर्मिट लिएर जोन्टासँग कोभिड १९ संकटका कारण काम गर्न नसकेका दैनिक ज्याला मजदुरहरु प्याकेजहरु वितरण गर्न सहयोग गरेका छन् ।
जोन्टाले सम्पूर्ण जोन्टा परिवार र साथीहरु, मिडटाउनको रोटरी क्लब, सार्क च्यामबर वमन आन्ट्रप्रनिर काउन्शिल, साङग्रीला टोस्मास्टर्स, डा.सञ्जिव दास, संस्कृति स्कुलका शिक्षकहरु, डीएस स्टोर र हेलेना क्याफेलाई हामीलाई २४०० भन्दा बढि परिवारहरुसँग पुग्न सहयोग गरेर उनीहरुको हेरचाह गर्न मद्दत गरेकोमा हामी हार्दिक आभार प्रकट गर्दछौं । शुरुवातमा हामीले ३०० परिवारमा पुग्ने लक्ष्य राखेका थियौं र हामीले प्राप्त गरेको अविश्वासनिय प्रतिकृया र समर्थनका साथ हाम्रो पहुँच ८ गुणा बढेको छ । जोन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्नेछ ।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।