कोरोनाबाट सार्कमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ३६, नेपालमा शुन्य

Mohan Bastola

काठमाडौँ । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली मुलुकमा ३ सय ३६ को मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोनाका कारण भारतमा २ सय २७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाको मृत्यु भएको हो ।
तथ्याङ्क अनुसार माल्दिभ्स, नेपाल र भुटानमा हालसम्म कोरोना भाइरसका कारण एक जनाको पनि ज्यान गएको छैन ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार १ सय १० जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३५ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा ९०८ जना, चौथोमा इन्डोनेसियामा २८० जना र पाँचौमा रहेको भारतमा २२७ जनाको मृत्यू भएको छ ।