कोरोनाविरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक छैनः प्रधानमन्त्री

Mohan Bastola

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसप्रति अनिक्षा देखाउनु भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले यस्तो संकेत गर्नुभएको हो । उहाँले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको भन्दै सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता नरहेको बताउनु भएको छ । प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताउनु भएको छ ।
उहाँले संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने संकेत गर्नुभयो ।

उहाँले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गर्नुभयो । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्नुभएको थियो ।