मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतले आफ्नो एक महिना बापतको तलब जम्मा गर्ने

Mohan Bastola

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब जम्मा गर्ने भएका छन् ।

इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, यूएई र साउदी अरबमा खटिएका ९ राजदूतहरुले शनिबार आफूहरुको एक महिना बापतको तलब योगदान गर्ने संयुक्त निर्णय गरेका हुन् ।

यसरी राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्नेमा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, इजिप्टका लागि झविन्द्रप्रशाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कतारका लागि नारदनाथ भारद्वज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, र पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, यूएईका लागि कृष्ण प्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत हुनुहुन्छ ।