अमेरिकामा कोरोनाबाट २३ हजारको ज्यान गयो

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका छन्।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले भेन्टिलेटर चाहिएकाहरूलाई दिइएकै बताए।

पत्रकारहरूसँग तर्कवितर्क गर्दै चुनावी अभियानमा जस्तो उनी उपस्थित भए।

पत्रकार सम्मेलनमा उपस्थित संवाददाताहरूले कोरोनाभाइरसलाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरे।
गभर्नरहरूले लकडाउन कहिले हटाउने भन्ने अधिकार प्रशासनसँग रहेको ट्रम्पले उल्लेख गरे। तर कानुनविद्‌हरूले त्यो अधिकार खासमा राज्यहरूसँग रहेको तर्क गरेका छन्।
अनुमोदन
अमेरिकी राज्यहरूले राष्ट्रपतिको अनुमोदनविना केही पनि गर्न नसक्ने ट्रम्पको भनाइ छ।
हाल संयुक्त राज्य अमेरिकामा पाँच लाख ७७ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने २३ हजार व्यक्तिको ज्यान गएको छ।
यी दुवै सङ्ख्या अन्य देशको तुलनामा सबैभन्दा बढी हो।