भारतमा लकडाउन वैशाख २१ गतेसम्म लम्बाउने प्रधानमन्त्री मोदीको घोषणा

maitrinews

 

नयाँदिल्ली । कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर आगामी हप्ता, अप्रिल २० तारिखसम्म, भने केही कडा उपायहरू अपनाइनेछन्।

ूभाइरसका नयाँ हटस्पटहरू देखा परे भने त्यसले भारतकालागि थप समस्या खडा गर्छ। त्यसैले आगामी एकहप्ताका लागि हामीले एकदमै कडा हुनु परेको छ,उनले भने।

एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन्।

मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र अप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए।

देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधबार विस्तृत निर्देशिका जारी गर्ने पनि मोदीले बताएका छन्।