सनसिटी अपार्टमेन्ट बस्ने आमा र छोरामा कोरोना संक्रमण

maitrinews

 

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार र्‍यापिड डायग्नोष्टिक टेष्ट आरडीटी बिधिबाट परीक्षण गर्दा त्यहाँ रहेका एउटै परिवारका ३ जनामा संक्रमण देखाएपछि पीसीआर प्रबिधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

तीमध्ये मंगलबार ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बताए। बुहारीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।