राष्ट्रसङ्घको काँधमा ठूलो जिम्मेवारी : आर पी

maitrinews

 

 

अहिले सन् १९३० को घातक विश्व आथि{क मन्दीभन्दा पनि खराब अवस्थामा आएको छ । कोरोना भाइरसले मानव सभ्यता, विकसित राजनीतिक प्रणाली, विज्ञान र प्रविधिको चमत्कारलाई नै चुनौती दिएको छ । अब बाँच्नका लागि मानव समुदायले जीवनशैली नै परिवत{न गनु{पने{ भएको छ । प्रकति अनुसारको राज्य व्यवस्था र जीवनशैली नबाउने हो भने मानव अस्तिस्त सङ्कटमा पन{ सक्न सक्छ । साना–ठूला, धनी–गरिब सबै मुलुकलाई शिकार बनाएको कोरोनाविरुद्ध मानव समुदाय एकजुट भई मिलेर बाँच्ने र बचाउने संस्कार बसाउनुपने{ भएको छ । प्रत्येक मुलुक कृषिमा आत्मनिभ{र नभए कुनै पनि बेला भोकै बस्नुपने{ अवस्था आउने भएकाले कृषिलाई सवा{धिक महत्व दिनुपने{ भएको छ । यसका लागि विश्व संस्था संयुक्त राष्ट्रसङ्घले नयाँ ढङ्गले नेतृत्वदायी भूमिका निवा{ह गनु{पने{ ठूलो जिम्मेवारी काँधमा आएको छ । कमजोर राष्ट्रसङ्घले विश्वको नेतृत्व गन{ सक्दैन, बलियो बन्नुपछ{ । सबैलाई मिलाएर, सबैको भावना समेट्दै यसले विश्वकै नेतृत्व गरी सङ्कटमा पन{ थालेको मानव समुदायलाई बचाउनुपछ{ ।
जुन उद्देश्यका लागि राष्ट्रसङ्घ स्थापना भएको हो सोही अनुसार काम हुन नसक्दा विश्वमा शान्ति र अमन चयन कायम हुन सकेन । आज विश्वमा अशान्ति र अस्थिरता बढ्दै गएको छ । विश्वमा शान्ति स्थापना गरी युद्धलाई अवैध घोषित गन{ स्थापना भएको राष्ट्रसङ्घले स्वतस्फुत{ रुपमा प्रभावकारी ढङ्गले काम गन{ नपाउँदा अशान्ति र अस्थिरता बढेको हो । आज विश्वभर कोरोनाविरुद्धको महायुद्ध जारी छ । कोरोना अहिलेसम्म पराजित भएको छैन । कोरोनाविरुद्ध खोप पत्ता नलागेसम्म यो महामारी अन्त्य हुने लक्षण छैन । यसले करोडौँ मानिसलाई बेरोजगार बनाएको छ भने विश्व अथ{तन्त्र नै तहसनहस अवस्थामा पुगेको छ । यस्तो अवस्थामा अब नयाँ शिराबाट विश्व समुदायलाई बचाउन राष्ट्रसङ्घले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुको विकल्प छैन । परमाणु हतियार बनाएर सम्पन्न र सुरक्षित बन्ने महाशक्ति राष्ट्रहरु नै कोरोनाबाट बढी पीडित बनेपछि अब आणविक हतियार त्याग्नुको विकल्प रहेन । परमाणु हतियारले कोरोना पराजित गन{ सकेन । त्यसैले
अब सबै परमाणु अतियार त्यागेर विश्वलाई परमाणु हतियारमुक्त बनाएर सुरक्षित बनाउन महाशक्ति राष्ट्रहरुले कठोर निण{य गनै{पछ{ ।
आज विश्वका विभिन्न मुलुकमा व्दन्व्द जारी छ । ती मुलुकमा शान्ति स्थापना गने{ काय{ चुनौतीपूण{ बनेको छ । राष्ट्रसङ्घलाई कमजोर र प्रभावहीन बनाएर विश्वमा शान्ति स्थापना गन{ सकिँदैन । विश्वमा गरिबी र असमानताले व्दन्व्द बढेको हो । कोरोनाले झन् गरिबी बढाइदियो । सन् २०३० सम्म विश्वबाट गरिबी हटाउने महत्वाकाङ्क्षी विषय पनि यो महामारीले ओझेलमा पदै{छ ।
वास्तवमा आज पनि विश्व नेताहरुले विश्वशान्ति र हतियार कटौतीका ठूला ठूला कुरा गरे पनि हतियारमोह त्यागेनन् । हतियारको बिक्रीवितरण पनि घटेन । हतियारको उत्पादन, भण्डारण र बिक्रीवितरण मानव सभ्यताका लागि सबैभन्दा ठूलो चुनौती बने पनि यसलाई बन्द गन{े सकारात्मक सोच विश्व नेताहरुले बनाउन सकेनन् । परमाणु शक्तिलाई मानवहितका लागि विकास निमा{णमा प्रयोग गनु{को सट्टा परमाणु हतियार बनाउन प्रयोग गरिएकाले आज विश्ववासी इतिहासकै सबैभन्दा त्रासदीपूण{ अवस्थामा बाँच्नु परिरहेको छ । यस्तो अवस्था आउनुमा विश्वका प्रमुख परमाणु हतियार सम्पन्न राष्ट्रसङ्घका पाँच स्थायी सदस्य राष्ट्र अमेरिका ,रुस, चीन , बेलायत र फ्रान्स प्रमुख जिम्मेवार छन् । यी महाशक्ति राष्ट्र जोसँग विश्वमा रहेका कुल परमाणु हतियारको ९८ प्रतिशतभन्दा बढी हतियार रहेको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुरुदेखि नै विश्वशान्ति र हतियार कटौती गने{ चको{ भाषण दिँदै आउनुभयो । उहाँले भाषणकै भरमा विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाउनुभयो । तर दुःखको कुरा उहाँले नोबेल पुरस्कार पाएकै वष{ अमेरिकाले आणविक हतियारको उत्पादन र बिक्रीवितरण बढी गर्यो ।

मानव सभ्यता सुरु भएयता विभिन्न प्राकृतिक विपत्ति, महामारी, मानव सिजि{त युद्धको सामना गदै{ आजको अवस्थामा आएको हो । पहिलो विश्वयुद्धमा दुई करोड, दोस्रो विश्वयुद्धमा पाँच करोड मानिस मारिए । त्यस्तै विभिन्न समयमा प्राकृतिक विपत्ति र महामारीमा करोडौँ मानिसले ज्यान गुमाए । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा प्रयोग गरेको पहिलो अणुबम जसले चार लाखभन्दा बढी मानिसले ज्यान गुमाउनु परको र लाखौँ मानिस घाइते भएको घटनासँगसँगै स्थापना भएको राष्ट्रसङ्घले युद्धलाई नीतिगत रुपमा निषेध गरेको छ । युद्ध निषेध गरेपछि विश्वमा युद्ध रोकिने र घातक हतियार नबन्ने विश्वास विश्ववासीले गरेका थिए तर यो उनीहरुको आकाङ्क्षा पूरा भएन । प्रथम र दोस्रो विश्वयुद्ध पछि पनि सयौँ युद्ध भए भने असङ्ख्य घातक हतियार बन्ने क्रम रोकिएन । यही हतियारको होडमा हाल विश्वमा २३ हजारभन्दा बढी परमाणु हतियार बनेका छन् जसले यो विश्व र मानव सभ्यतालाई नै ध्वस्त पान{ सक्छ । यस्तो अवस्थामा विश्वशान्ति र सुरक्षा कसरी सम्भव हुन्छ ?

एकातिर विज्ञान र प्रविधिको चरम विकासले मानव सभ्यता चरमविन्दुमा पुगेर विश्व एउटा सानो गाउँमा परिणत भएको यो बेला अका{तिर त्यही विज्ञान र प्रविधिले निमा{ण गरेको आमविनासकारी परमाणु हतियारले विश्वको अस्तित्वलाई नै चुनौती दिएको छ । एकातिर आणविक हतियारको चुनौती र अको{तिर कोरोना भाइरसको चुनौतीले मानव समुदाय इतिहासकै अप्ठेरो मोडमा आइपुगेको छ । मानव समुदायले विवेक गुमायो र मानवता बिसि{यो भने मानव अस्तित्व नै सङ्कटमा पने{ खतराबीच अन्योल बढेको छ ।
सन् १९४६ देखि अमेरिका र तत्कालीन सोभियत सङ्घबीच सुरु भएको शीतयुद्ध सोभियत सङ्घको विघटनसँगै अन्त्य भएपछि विश्ववासीमा छाएको खुसी धेरै दिनसम्म टिक्न सकेन । अमेरिका र रुसबीच भएका विनासकारी हतियार नष्ट गदै{ जाने र नयाँ विनासकारी हतियार नबनाउने भनी गरिएका सन्धि सम्झौताको सफल काया{न्वयन नहुँदा समस्याले झन् विकराल रुप लिएको छ । हिजोसम्म पाँच मुलुकमा सीमित रहेको परमाणु हतियार आज एक दज{नभन्दा बढी मुलुकमा विकास गरिएको छ । अरु एक दज{नभन्दा बढी मुलुक परमाणु हतियार बनाउने अभियानमा लागेका छन् । परमाणु हतियारलाई आफ्नो मुलुकको सम्पन्नता र सुरक्षाको प्रतीक ठान्ने प्रवत्तिले विश्वलाई सबैभन्दा बढी असुरक्षित बनाएको छ ।
एकातिर पहिले नै परमाणु हतियार बनाएर महाशक्ति राष्ट्र बनेका अमेरिका, रुस , फ्रान्स ,बेलायत र चीनले एकातिर आणविक हतियार कटौतीका कुरा गरेका छन् भने अको{तिर परमाणु हतियार निमा{ण , भण्डार र बिक्रीवितरणको काय{ रोकेका छैनन् । फेडेरेसन अफ अमेरिकी साइन्टिस (एफएएस) ले साव{जनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यतिखेर विश्वमा २३ हजार ३९५ वटा परमाणु हतियार छन् । ती हतियारमध्ये आठ हजार एक सयवटा परमाणु हतियार जुनसुकै बेला पनि प्रयोग गन{सक्ने अवस्थामा राखिएका छन् । विश्वका नौवटा मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई सुरक्षा दिन्छ कि खतरा ? प्रश्न अनुत्तरित छ ।
आम विनासकारी हतियारको सबैभन्दा बढी विरोध गदै{ आएका अमेरिका र रुससँग आज सबैभन्दा बढी परमाणु हतियार रहेका छन् । दुवै मुलुकले नचाहेसम्म अरुले चाहेर पनि यो धती{लाई परमाणु हतियारमुक्त बनाउन सकिँदैन । सोभियत सङ्घको विघटनपछि सन् १९९१ मा अमेरिका र रुसबीच परमाणु हतियार कटौतीसम्बन्धी सम्झौता भएको हो । सम्झौता केबल सम्झौताका लागि मात्र भएको जस्तो देखिएको छ । सो सम्झौता कार्यान्वयन गर्ने भनी त्यसपछि हालसम्म चार चरणसम्मको वार्ता भएको छ । वार्तामा दुवै मुलुकले हतियार कटौती गर्ने सकारात्मक कुरा गर्छन् तर हतियार कटौती गर्दैनन् । परमाणु हतियारमा एकाधिकारवादी सोच हावी भएकाले यसको मोह बढेको हो । हतियारको यो होडबाजीले सैनिक खर्च नाटकीय ढङ्गले बढेको छ ।
यस्ता थुप्रै निराशाका बीच पनि पछिल्लो पटक अमेरिका र रुसबीच परमाणु हतियारसम्बन्धी ठूलो विवाद केही समाधान हुने लक्षण देखियो । पोल्यान्ड र चेक गणतन्त्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गर्ने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको सरकारले गरेको निर्णय रद्द गरेर त्यसपछिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले चरम विवाद कम गर्ने गर्नुभयो । तर उहाँपछि यस विषयले गति लिन सकेन । विश्वका प्रमुख दुई महाशक्ति अमेरिकी र रुसी नेतृत्वले हतियार कटौतीको विषयलाई चर्चाकोमात्र विषय बनाउनु हुँदैन । अब इमानदारीपूर्वक हतियार नष्ट गरी कोरोनालगायतका सम्भावित रोगको औषधि पत्ता लगाएर मानव समुदायलाई बचाउन ध्यान केन्द्रित गर्नुपर्छ । विश्वका सबै मानिसलाई बचाउने अर्थनीति र अर्थतन्त्र बनाउनु अहिलेको पहिलो आवश्यकता हो । यसका लागि विश्वस्तरबाटै कडा दबाब दिन जरुरी छ । हतियारको दौडमा लागेसम्म शान्ति स्थापना हुन सक्दैन । अब राष्ट्रसङ्घको भूमिकालाई प्रभावकारी बनाउन हतियार र युद्धको होडबाजी त्याग्नुपर्छ ।