कोरोना विरुद्ध गरिएको नयाँ इजरायली उपचार पहिलो दुई जना विरामीमा सफल परिक्षण

maitrinews

इजरायल । कोरोना भाइरस (कोविड १९) का दुई जना बिरामीमा गरिएको इजरायलको नयाँ उपचार परिक्षण प्रभावकारी साबित भएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका दुई जना विरामीमा गरिएको उपचारले विरामीको स्वस्थ्यमा सुधार भएको छ भने केही दिनमै एक जना विरामीलाई उपचारपछि सघन उपचार कक्षबाट बाहिर ल्याउन सफल भएको छ ।

इजरायली बायोफर्माक्यटिकल रेडहिल बायोफर्मा लिमिटेडले परिक्षण स्वरुप उत्पादन गरेको औषधी ओपागानिभ’ इजरायलमा गत साता पहिलो पटक प्रयोगमा ल्याइएको हो । जुन औषधी पहिलो दुई जनामा गरिएको क्लिनिकल परिक्षण प्रधावकारी भएको कम्पनीले जनाएको छ । “कोरोना भाइरस (कोविड १९) का बिरामीलाई ओपागानिभबाट गरिएको पहिलो चरणको उपचारबाट सुधार भएको देखेर हामी निकै उत्साहित भएका छौं । जसले बिरामीलाई फाइदा गरेको छ ।” रेडहिलका निर्देशक, मार्क एल. लेभिड बताउँछन् ।

“भाइरस विरुद्ध काम गर्ने ओपागानिभको फरक मेक्यानिजमबाट हामी आशावादी छौं । जसले कारोना संक्रमित बिरामीको स्वास्थ्यमा सुधार हुनुका साथै अक्सिजन प्रवाहित गर्छ ।”

यसको परिक्षण गरिएका दुईजना बिरामीहरुमा पहिले मध्यमदेखि गम्भीर स्वासप्रस्वासमा समस्या देखिएको थियो जसका कारण क्यान्यलाद्धारा अक्सिनज प्रवाह गरिएता पनि अरितिक्त अक्सिजन दिनु परेको थियो । तर उपचारपछि दुवै जनालाई कम मात्रामा मात्र अक्सिजन दिइएको थियो । ती दुई जनामध्ये सघन कक्षमा रहेका गम्भीर अवस्थामा पुगेका एक जना उपचारपछि बाहिर ल्याउन सफल भएको बताइएको छ ।

रेडहिलका अनुसार ओपागानिभ मुखबाट यस्तो दिइने औषधी हा,े जसले क्यानसर र भाइरल विरुद्ध काम गर्नुका साथै स्वासप्रस्वासको सन्तलनको काम गर्छ । यो कम्पनीले इटालीद्धारा राष्टिय मान्यता प्राप्त गरेको छ । र, यसले उत्तर इटालीको अस्पतालका करिव १६० जना विरामीको उपचार गरिसकेको छ ।