उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ भारतीयको विराटनगर, प्रादेशिक अस्पतालमा उपचार सुरु

maitrinews

 

विराटनगर । कोरोना भाइरसको संक्रमण पुष्टि भएका १२ भारतीयलाई उपचारका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल लगिएको छ।
त्यहाँ आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरु गरिएको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन्।

मन्त्री कार्कीले ट्विट गरेका छन्, ‘हिजो १२जना कोभिड(१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार सुरु भएकोछ।नेपालमा अस्तिसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा २ जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ। सचेत बनौं, आफू बचौं र अरूलाई नि बाँच्न दिऔं।’