इन्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

maitrinews

 

नयाँदिल्ली । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईपीएल स्थगित भएको जनाएको हो।

यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो। तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको बताएको छ।
आईपीएल मार्च २९ देखि मे २४ सम्म हुने पूर्वनिर्धारित तालिका थियो। तर बढ्दो संक्रमणले भारतलाई पनि चपेटामा पारेपछि आईपीएल स्थगित गरिएको थियो।